राजनीतिक आबद्धता
२०४६ सालबाट राजनीतिक यात्राको आरम्भ । ०४८ सालमा नेविसंघ जिल्ला सचिव, ०५४मा तरुण दल जिल्ला कोषाध्यक्ष, ०५७ मा नेपाल महिला संघ जिल्ला सभापति, ०५८ मा नेपाल महिला संघको केन्द्रीय सदस्य, ०६०मा
नेपाल महिला संघको केन्द्रीय सचिव । ०६२मा कांग्रेस महाधिवेशन प्रतिनिधि । ०६७मा महासमिति सदस्य,०६७मा
कांग्रेस केन्द्रीय सदस्य, ०७२मा केन्द्रीय सदस्य, ०७८ मा केन्द्रीय सदस्य निर्वाचित ।
संसदीय यात्रा
२०६४ र २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य ।
विशेष जिम्मेवारी
०६५ सदस्य राज्यको शासकीय स्वरुप निर्धारण समिति, संविधान सभा । ०६५ सदस्य अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति व्यवस्थापिका संसद् । ०७० सदस्य संविधान मस्यौदा समिति, संविधान सभा । ०७० सदस्य, राज्य व्यवस्था समिति, व्यवस्थापिका संसद् ।
कार्यकारी जिम्मेवारी
०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री ।
राजनीतिक घटनाक्रम
विभिन्न राजनीतिक आन्दोलन र महिला अधिकारका मुद्दामा निरन्तर सक्रिय ।